adv

इटलीबाट आएकाे २२ दिन पछि आरडीटी टेष्टमा एक महिलाको एन्टीबडी पोजेटिभ

काडमाडाै, ४ बैशाख । र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट काेराेना परिक्षण गर्दा इटलीबाट आएकी ३१ वर्षीया एक महिलाको एन्टीबडी पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन भने बाँकी छ ।

बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको आरडीटी विधिबाट सुरू गरिएकाे परीक्षणमा उनी आफैं जाँच गराउन आइपुगेकी थिइन् ।

उनी २२ दिनसम्म घरमै क्वारेन्टाइनमा बसेको थिइन्। चैत पहिलो साता आएकी उनले १४ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गर्ने गरेको पाइएको छ । बुधबार भएको टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ ।

र्‍यापिड टेष्टमा खटिएका डाक्टर, उनका एक सहयोगी र ल्याबका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु