adv

दक्षिण काेरियाकाे संसदीय निर्वाचनमा सत्तारूढ पार्टीकाे जित

काठमाडौं, ४ बैशाख । दक्षिण काेरियामा भएकाे संसदीय निर्वाचनमा सत्तारूढ पार्टीले जित हात पारेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीबीचमा भएको निर्वाचनमा राष्ट्रपति मून जाइ इनको डेमोक्रेटिक पार्टीले कुल तीन सयमध्ये एक सय ६३ सिट जितेको हो ।

सत्तारुढ गठबन्धनमा रहेकाे अर्को पार्टी प्लेटफर्म पार्टीले १७ सिट जित्ने अनुमान गरिएको छ । यससँगै सत्तारुढ गठबन्धनको राष्ट्रिय सभामा स्पष्ट बहुमत पुग्न सक्ने बताइएको छ । विपक्षी पार्टी युनाइटेड फ्युचर पार्टीले भने निर्वाचनमा एक सय तीन सिट जित्ने अनुमान गरिएको छ ।

कोरोना भाइरसविरुद्ध सरकारले चालेको कदमले पनि दक्षिण कोरियामा सत्तारुढ डेमोक्रेटिक पार्टीले स्पष्ट बहुमत ल्याएकाे अनुमान गरिएकाे छ । याे नतिजासँगै दक्षिण काेरियामा १६ वर्षपछि वामपन्थी पार्टीले स्पष्ट बहुमत पाएको हाे ।

काेराेनाका कारण दक्षिण काेरियामा १० हजार ६ सय १३ जना संक्रमित छन् भने २ सय २९ जनाकाे मृत्यु भइसकेकाे छ । सरकारका अनुसार अहिले दक्षिण कोरियामा ६० हजार मानिस क्वारेन्टाइनमा छन् ।

कोरोना भाइरस राेकथाम तथा नियन्त्रणको लागि दक्षिण कोरिया सफल भएको मानिएको छ ।  दक्षिण कोरियाले भाइरस नियन्त्रणको लागि आफ्नो प्रयास भने जारी राखेको छ । बिबिसीबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु