बिर्तामोड, ४ वैशाख । बिर्तामोड नगरपालिका भित्र रहेका खाद्यान्न पसल तीन घण्टा खुल्ने भएका छन् । प्रत्येक दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म नगरका खाद्यान्न पसल खोल्न पाइने नगरले जनाएको छ ।
कोरोना संक्रमण रोकथाम तथा ब्यबस्थापन राहत कोष बिर्तामोड नगरपालिका स्तरीय समितिले तीन निर्णय गरेको छ । आज (बिहीवार) बसेको समितिको बैठकले अत्यावश्यक सेवा तथा बस्तुका विषयमा विभिन्न निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार बिर्तामोडमा खाद्यान्न पसल १२ बजेदेखि ३ बजेसम्म खोल्न पाइने छ भने स्थानीय रूपमा उत्पादित घुमन्ते सब्जी पसल, दूध, औषधि पसल नियमित सञ्चालन गर्न पाइने निर्णय भएको छ ।
बैठकले वैशाख १५ गतेसम्म कृषि थोकमा रहेको तरकारीको ल्याब सेवा बन्द गर्ने पनि निर्णय गरेको जनाइएको छ ।

