adv

नेपाली काङ्ग्रेस नगर समितिको ३ लाख ५७ हजार नगरको राहत कोषमा

बिर्तामोड,४ बैशाख । नेपाली काङ्ग्रेस नगर समिति बिर्तामोडले बिर्तामोड नगरपालिकाले स्थापना गरेको राहत कोषमा रु तीन लाख ५७ हजार पाँच सय पाँच रुपैयाँ सहयोग गरेको छ ।

     नगर प्रमुख ध्रुब सिवाकोटीलाई रकम हस्तान्तरण गर्दै नगर समिति कांग्रेसका पदाधिकारी तथा सदस्यहरु 

कोरोनाको महामारीको बेला कोषका लागि बिहिबार नगर समितिका तर्फबाट सङ्कलन भएको उक्त रकम बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

 नगर सभापति भोजराज सिटौला, जिल्ला सदस्य जलकुमार गुरुङ र पार्वता गिरी, क्षेत्रीय प्रदेश सभापति धर्म लक्सम्वा लगायतका नेता कार्यकर्ताको टोलीले नगर प्रमुख ध्रुवकुमार सिवाकोटी र उपप्रमुख पवित्रा महतारालाई उक्त रकम हस्तान्तरण गरेको तरुण दल जिल्ला सदस्य निर्मल भट्टराईले जानकारी दिए ।

विपदका बेला काङ्ग्रेस नगर समितिले गरेको सहयोग महत्वपूर्ण भएको बताउँदै नगर प्रमुख सिवाकोटीले काङ्ग्रेस नेता कार्यकर्तालाई धन्यवाद दिएका छन् । ‘यो बेला तपाईहरुको सहयोग झन् धेरै महत्वपूर्ण छ’, नगर प्रमुख सिवाकोटीले भने, ‘सबैको साझा सहयोगले कोरोनाविरुद्धको अभियानमा सहयोग पुग्छ ।’

कोरोनाको सङ्क्रमण फैलिन नदिन सरकारले लक डाउन गरेपछि समस्यामा परेका विपन्न परिवारको राहतका लागि काङ्ग्रेस नगर समितिका तर्फबाट रकम हस्तान्तरण गरिएको नगर सभापति सिटौलाले बताए । विपन्नको राहतका लागि सभापति सिटौला निरन्तर सक्रिय छन् ।

यसअघि विपन्नको राहतका लागि ज्ञानुराम प्रसाई नेतृत्वको नेकपा बिर्तामोड नगर कमिटीले नगरपालिकालाई पहिलो चरणमा चार लाख मूल्य बरावरको १० हजार किलो चामल उपलब्ध गराएको थियो ।

बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको कोरोना सङ्क्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष स्थापना गरी विपन्न नागरिकलाई राहत वितरण गर्दै आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु