
काठमाडाै, ४ बैशाख । मन्त्रालयकाअनुसार कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी छ । यसबारे शिक्षामन्त्री गिरिजामणि पोखरेलले बिहीबार सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भिडियो संवाद गरेका थिए ।
प्राय विद्यालयहरूले कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैतसम्ममा सम्पन्न गरेका थिए र अधिकांश विद्यालयले उत्तरपुस्तिका जाँचेर नतिजा तयार पारिसकेको हुनाले पनि लकडाउन खुलेकाे एक हप्ताभित्रमा नतिजा सार्वजनिक गर्न सकिने बताएका छन् ।

काेराेना भाइरस संक्रमण फैलिन नदिनका लागि सरकारले यतिबेला लकडाउन घाेषणा गरेकाे छ । लकडाउनका कारण सबै क्षेत्रमा असर परिरहेकाे छ । त्यस्तै शिक्षा क्षेत्रमा पनि लकडाउनका कारण समयमा नतिजा सार्वजानिक गर्न सकिरहेकाे छैन । नतिजा सार्वजानिक गरे पनि विद्यालय सञ्चालन गर्ने वातावरण छैन ।
कारोनाको त्रास कहिलेसम्म रहन्छ भन्ने यकिन नभएकाले वैकल्पिक उपायबारे अध्ययन थालिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘कोरोनाको त्रास कहिलेसम्म रहन्छ, कसैलाई पनि थाहा छैन । भारतमा कोरोना अन्त्य नभएसम्म हामी सधै त्रसित हुनुपर्ने भएकाले शिक्षामा वैकल्पिक व्यवस्था गर्न लागेका छौँ ।’
शिक्षाविदहरू भने लकडाउन अघि नै नतिजा सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन् । नयाँ शैक्षिकसत्र सुरू हुन यतिकै ढिला भइसकेकाे छ अझै लकडाउन खुलेकाे एक हप्ता पछि नतिजा सार्वजनिक गरिए नयाँ भर्नाकाे समय धकेलीने हुदाँ नयाँ शैक्षिक सत्र सुरू गर्न ढिला हुने भएकाेले नतिजा सार्वजनिक गर्न लकडाउन पर्खनु नहुने बताउछन् ।

