काठमाडाै, ४ बैशाख । भारतमा काेराेना भाइरसकाे कारण १७० वटा जिल्ला रेड जोन मा परेका छन्। भारतकाे राजधानी दिल्ली, मुम्बईसहित भारतका छवटा ठूला सहरलाई काेराेना भाइरस ‘रेड जाेन’ खतरा क्षेत्र ताेकिएकाे हाे ।
भारतका ठुला शहरहरू चेन्नई, बैङ्ग्लोर, कोलकाता र हैदराबाद पनि खतरा क्षेत्रमा परेका छन्। बुधबार वर्गिकरण गरिएकाेमा राताे रंगले खतरा क्षेत्र, सुन्तला रंग केहि संक्रमण र हरियाे रंगले सुरक्षित क्षेत्रकाे संकेत गरिएकाे छ ।
रेड जाेन क्षेत्रहरूमा केन्द्रीय सरकारले राज्यहरूलाई परीक्षण र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिको अर्को सातासम्म पहिचान गर्न भनेको छ।

ती क्षेत्रहरू व्यापक रूपमा परिक्षण गरेर प्रत्येक ठाउँमा कति प्रभाव परेकाे छ त्यसकाे लेखाजाेखा गर्ने र पुल टेष्टिङ अर्थात (सामूहिक परिक्षण) गर्ने राज्य सरकारले घाेषणा गरेका छन् ।
अट्ठाइस दिनसम्म नयाँ सङ्क्रमण नभेटिएका स्थानलाई ग्रीन जोनको मान्यता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी १४ दिनमा सङ्क्रमण नभेटिएका स्थान अरिन्ज जोनमा पर्नेछन्।
विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको यो परिक्षण विधिमा कोरोना भाइरस पाेजेटिभ देखिएमा प्रत्येक व्यक्तिको छुट्टछुट्टै परीक्षण गरिनेछ।
भारतमा काेराेनाका कारण हालसम्म ४ सय २२ जनाकाे मृत्यु भइसकेका छन् । कुल २ लाख ४४ हजार ८ सय ९३ जनामा काेराेना परिक्षण गरिएकाेमा १२ हजार ३ सय ७० जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।

