adv

दमकमा प्रसाई दम्पत्तीले १ लाख बढीको स्वास्थ्य सामग्री प्रदान गरे

दमक, ५ बैशाख । उद्योग बाणीज्य संघ दमकका पुर्व अध्यक्ष प्रकाश प्रसाईं र नेपाल महिला संघ क्षत्रीय सभापती रेगिना भट्टराई प्रसाईंले दर्पण साकाेसकाे सहकार्यमा शुक्रबार स्वास्थ्य सामाग्रि वितरण गरेका छ्न् ।

दमक ६ मा रहेको दर्पण वचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा उहाँहरुले करिब १ लाख २० हजार रुपैयाँ मुल्य बराबरका स्वास्थ्य सामग्रीहरू स्वास्थ्य संस्था, प्रहरी र सञ्चारकर्मीलाई उपलब्ध गराउनु भएको हो । सहकारीको तर्फबाट ५० हजार रुपैयाँ र सहकारीकी अध्यक्ष समेत रहेकी  भट्टराई दम्पत्तिको तर्फबाट  ७० हजार रुपैयाँकाे स्वास्थ्य सामाग्रि वितरण गरिएको हो ।

विश्वव्यापी महामारिको रुपमा रहेका कोरोनाको संक्रमणबाट बच्नको लागी कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मि र प्रहरीलाई पिपिई सहितका स्वास्थ्य उपलब्ध गराएका हुन्।  कोरोनाको जोखिममा पनि नागरिकलाई सहि सुचना उपलब्ध गराउन निरन्तर लागिरहेका सञ्चारकर्मिहरुलाई सेनिटाईजर, ग्लाेब र मास्क उपलब्ध गराउएका छन् ।

दमकको सरकारी अस्पतालमा स्वास्थ्य सुरक्षा बिना काममा स्वास्थ्यकर्मिहरु खटिएको देखेर आफ्नो तर्फबाट सानो सहयोग उपलब्ध गराएको रेगिना प्रसाईंले बताइन् । स्वास्थ्य सामाग्रि वितरण कार्यक्रममा नमस्ते अस्पताल दमकका डाक्टर बेधनिधि खतिवडाले कोरोना संक्रमण नियन्त्रणको लागी सबैभन्दा उत्तम उपाय भनेकै व्यक्तिगत दुरी कायम राख्नु पर्ने भएकोले लकडाउनलाई पुर्ण रुपमा पालना गर्नु पर्ने बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु