adv

नेपालका कोरोना संक्रमित युवा निको भएर घर फर्के, निको हुनेको संख्या ४

धनगढी ,७ बैशाख ।  कोरोना संक्रमित कैलाली लम्कीचुहाका २१ वर्षिय युवा निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । चैत २२ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका राज विक आइतबार कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन्।

दुई पटक पिसिआर परीक्षण गर्दा उनमा नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको हो। अस्पतालकै गाडीमा राखेर उनलाई घर पठाइएको छ।

मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई २२ गते कोरोना पोजिटिभ देखिएको थियो। १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिन कोरोनासँगको लडाई जितेर उनी घर फर्किएका हुन्।  ‘आत्मबल घट्न नदिनुस्, कोरोना सञ्चो हुन्छ,’ डिस्चार्ज भएपछि घर जाने क्रममा उनले भने, ‘मलाई सुरुदेखि नै अवश्य निको हुन्छ भन्ने विश्वास थियो।’ संक्रमित भए पनि उनलाई कुनै लक्षण देखिएको थिएन।

उनीसँगै अब नेपालमा काेराेना स‌ंक्रमित ४ जना  निकाे भएर अस्पतालबाट  डिस्चार्ज भएका छन्। जम्मा ३१ जना संक्रमित देखिएकोमा २७ जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु