काठमाडौँ, ७ वैशाख । भारतमा कोरोना संक्रमणबाट मर्नेहरुको संख्यामा बृदि भएको छ । आइतबार मात्रै गुजरातमा ५ जनाको ज्यान गएको छ । राजस्थान र हरियाणामा एक/एक जनाको ज्यान गएको खबर सार्वजनिक भएकाे छ । यसका साथै भारतमा मर्नेहरुको संख्या ५ सय ३५ पुगेको छ ।
शनिबार मात्रै भारतमा ३८ जनाको ज्यान गएको खबर बाहिर आएको थियो । यीमध्ये सबैभन्दा बढि गुजरातबाट १२ जनाको ज्यान गएको खबर सार्वजनिक भएको थियो । गुजरातमा हालसम्म ५३ जनाको कोरोनाबाटै ज्यान गएको छ ।

महाराष्ट्रमा कोरोना संक्रमणबाट मर्नेको भारतभरमा सबैभन्दा बढि छ । हालसम्म महाराष्ट्रमा २ सय १२ जनाको ज्यान गएको छ ।महाराष्ट्रपछि मध्यप्रदेश, गुजरात र दिल्लीमा सबैभन्दा बढिको ज्यान गएको छ । पछिल्लो सार्वजनिक तथ्यांकअनुसार मध्यप्रदेशमा ६९, गुजरातमा ५८ र दिल्ली ४३ जनाको ज्यान गएको छ ।
भारतमा हालसम्म १६ हजार ३ सय ६५ जनामा काेराेना संक्रमण देखिएकाे छ । काेराेना संक्रमण जाेखिम देशहरूकाे सुचीमा भारत १७ नम्बरमा रहेकाे छ ।

