काठमाडौँ, ७ बैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले आफुसँग जाेडिएर विभिन्न सञ्चारमाध्यमहरूमा आएकाे समाचारप्रति ध्यानाकर्षण भएकाे बताएका छन् ।
आज आइतबार एक विज्ञप्पती जारी गर्दै डा.पुनले मा. मन्त्री र मन्त्रालयलाइ जाेडेर अनर्गल प्रचार नगरिदिन पनि अनुराेध गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपस्थित हुन पुग्नुभएका उहाले विज्ञप्ती निकालेर संञ्चारमाध्यमा आएको समाचारको खण्डन गरेका हुन् ।
उक्त पत्रअनुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड–१९ को बिषयमा मन्त्रालयले संञ्चालन गरेको अभियानमा सहयोग पुर्याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा रहेकोले आजकै मितिमा मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।


