adv

जनकपुरमा पैसा छरेर भाग्ने महिलामा कोरोना भएको पुस्टि नभएपछी छाडियो

धनुषा,७ बैशाख । पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि जनकपुरमा पैसा छरेको आरोपमा पक्राउ परेका दुई महिलालाई प्रहरीले छाडेको छ ।

शुक्रबार जनकपुरको महावीर चोकमा खुद्रा पैसा छरेको आरोपमा शनिबार उनीहरु पक्राउ परेका थिए। पीसीआर परीक्षणमा कोरोना भाइरस नेगेटिभ भएको पुष्टि भएपछि उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए। आइतबार दिउँसो आएको रिपोर्टमा दुवै जनामा कोरोना संक्रमण नेगेटिभ देखिएको हो।

पक्राउ परेकी दुई महिलामध्ये एकको शनिबार आरडीटी पोजिटिभ देखिएपछि जनकपुरमा त्रास बढेको थियो। प्रादेशिक अस्पताल जनकपुरमा पीसीआरबाट गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको डीएसपी कार्कीलेबताए।

प्रहरीले सीसीटीभी फुटेजको आधारमा दुवै महिलाको पहिचान गरी नियन्त्रणमा लिएर स्वस्थ्य परीक्षण गराएको थियो। बैंकबाट पैसा साटेर महावीर चोक पुग्दा प्रहरीलाई देखेर आत्तिएर दौडिन थालेको उनीहरुले प्रहरीलाई बताएका थिए। त्यही क्रममा चानचुन पैसा खसेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु