adv

झापाको कमल गाउँपालिकामा दोस्रो चरणको राहत वितरण सकियो

झापा ,९ बैशाख । झापाको कमल गाउँपालिकाले दोस्रो चरणको राहत बाडेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउन कारण पीडित बनेका विपन्न परिवार र ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई समस्या भएकोले विपन्न परिवार छनौट गरी दोस्रो चरणको राहत वितरण गरेको हो ।

राहत वितरणका लागी गाउँपालिकाले सातवटै वडाका अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा समिती वनाएर सबै वडा र टोलटोलबाट सिफारिस भएर आएका १ हजार ५ सय ४८ घरधुरीलाई खाद्य समाग्री वितरण गरिएको कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिए ।

पालिकाले १ हजार ५ सय ४८ घरधुरीका परिवारलाई राहत वितरण गरिएको थियो । राहत सामाग्री चामल २१ हजार ९ सय ५५ के.जि., दाल १ हजार ५ सय ४८ के.जी. , तेल १ हजार ५ सय ४८ के.जि., नुन १ हजार ५ सय ४८ के.जि.,साबुन दाल १ हजार ५ सय ४८ वटा वितरण गरिएको कमल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु