काठमाडौ, १३ बैशाख । कोरोना भाइरस (कोभिड १९) का कारण अमेरिकामा मात्र ५२ हजार १ सय ८५ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा कोरोना संक्रमित ९ लाख २५ हजार ३८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा ३८ हजार ७ सय ६४ जना थप कोरोना संक्रमित भेटिएको हो भने १ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

विश्वमा हालसम्म १ लाख ९७ हजार ९१ जनाको मृत्यु भइसकेको छ । २८ लाख २८ हजार ६ सय १७ जना कोरोनाको संक्रमणमा परेको वल्डोमिटरमा उल्लेख छ ।

