adv

कोरोना संक्रमित बाग्लुङकी युवती डिस्चार्ज ,नेपालमा निको हुनेको संख्या ११ पुग्यो

 

झापा । नेपालमा कोरोनाबाट निको हुनेको संख्या ११ पुगेको छ। बेल्जियमबाट आएकी बाग्लुङकी १९ वर्षीय युवती कोरोनाबाट निको भएकी छन् । उनलाई शुक्रबार साँझ डिस्चार्ज दिईएको हो ।

 

धौलागिरी अञ्चल अस्पतालमा उनि उपचारार्थ थिईन ।  गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी उनमा चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। पछि उनीसँगै बेल्जियमबाट आएकी नाताले हजुरआमा पर्ने ६५ वर्षीया महिलामा पनि संक्रमण देखिएको थियो। महिला भने यसअघि नै निको भएर घरमा छिन्।

 

युवतीको पाँचौ पटकको परीक्षणको नतिजा नेगेटिभ आएसँगै उनलाई अस्पतालले निको घोषित गरेको हो। यसअघि चारवटै परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु