नयाँदिल्ली, १३ वैशाख । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ८० पुगेको छ । शुक्रबार एकैदिन ५९ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।
त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार, ४ सय ४७ पुगेको छ। पछिल्लो २४ घन्टामा भारतमा १४ सय बढी संक्रमित थपिएका थिए।

भारतमा सबैभन्दा बढी संक्रमित हुनेहरु महराष्ट्र प्रदेशमा रहेका छन्। त्यहाँ हालसम्म ६४ सय बढी संक्रमित भेटिएका छने भने २ सय ८३ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै गुजरातमा २६ सय बढी कोरोना संक्रमित रहेका छन् भने १ सय १२ जनाको मृत्यु भएको छ। राजधानी दिल्लीमा भने कोरोना संक्रमितको संख्या करिब २४ सय रहेको छ भने मृत्यु हुनेको संख्या ५० भन्दा धेरै पुगेको छ ।

