adv

जिल्लाबाहिर रहेका इलामेलीहरुलाई घर ल्याउन नपाइने

इलाम । विभिन्न जिल्लाहरुले जिल्ला बाहिरका नागरिक लकडाउनको समयमा समस्या भएपछि घर फर्काइरहेको बेला इलामेलीहरु भने गृह जिल्ला आउन नपाइने भएको छ ।

जिल्ला समन्वय समिति, स्थानीय प्रशासन र जिल्लाका स्थानीय तहका प्रमुखहरूको शुक्रबार सदरमुकाममा सम्पन्न बैठकले लकडाउनका कारण इलामबाहिर रहेका नागरिक जहाँ छन्, त्यहीं रहन आग्रह गर्ने निर्णय गरेको छ ।

रोजगारीका लागि गएकाहरु इलाम फर्कदा चाप बढि भई लकडाउनको प्रभावकारिता नहुने भएपछि जिल्ला फर्काउन नसकिने भएको हो । काठमाण्डौ लगायत देशका विभिन्न ठाउँहरुमा श्रम रोजगारी गर्नका लागि गएका नागरिकहरुको जिवन कष्टकर भएपछि जिल्ला समन्वय समितिले स्थानिय तहहरुलाई आ–आफनो क्षेत्रको नागरिकको लगत संकलन गर्न बैशाख १० गते पत्राचार गरेको थियो । तर ठुलो संख्यामा फर्कने भएपछि जनसंख्याको उक्त चाप थेग्न नसक्ने र आएका व्यक्तिहरुलाई सार्वजनिक क्वारेन्टाइनको व्यवस्थापनका कठिनाइ रहेको बताइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न जिल्लाभरका स्थानीय तहका जनप्रतिनिधिलगायत स्थानीय प्रशासनका प्रतिनिधिको संयुक्त बैठकले यस्तो निर्णय गरेको जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले बताए । ‘कोही व्यक्ति वा स्थानीय सरकारले आफ्नो खर्चमा इलामबासीलाई जिल्ला ल्याउँछु भनेरमात्र हुँदैन, ल्याइएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने हुनसक्ला, उनीहरूमध्येबाटै संक्रमणको जोखिम हुँदैन भन्ने के ग्यारेन्टी छ र !’ प्रमुख बरालले भने, ‘अहिले जिल्लाबाहिर रहनुभएका इलामबासी जहाँ हुनुहुन्छ, केही समस्या छ भने उहाँहरूलाई सहज ढंगले त्यहीं बस्न बरु हामी समन्वय गरिदिन्छौं ।’

जिल्ला समन्वय समितिको आयोजनामा १० वटै स्थानिय तहको प्रमुख, सुरक्षा संयन्त्र, प्रमुख जिल्ला अधिकारी लगायत सम्मिलित बैठकले इलाम– काठमाण्डौसँग सम्वन्धित संस्थाहरुसँग आवश्यक समन्वय गरी स्थानिय तहले आफना नागरिकहरुमध्ये प्रतिनिधी तोकेर अति गरिब, असंगठित मजदुर तथा विपन्न वर्गलाई राहत निर्देशिका बमोजम व्यवस्था गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य संस्था, सुरक्षा संयन्त्र तथा अत्यावश्किय क्षेत्रमा सुरक्षा किटहरु अपर्याप्त रहेको आरडीटी किट लगायत सकिएकाले आपुर्ति तथा व्यवस्थापनका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य सामाग्री उपलव्ध गराउने पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ लगायत सहयोगी महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु