शिवसताक्षी । कोरोना भाइरसका कारण जारि लकडाउनमा परि काठमाडाैं उपत्यकामा अलपत्र परेका झापावासीलाई झापा क्षेत्र नं ४ का सांसद एलपी सावाँले घर पठाएका छन्
साँवाले काठमाण्डौमा उपचारका लागि गएका, पढ्नका लागि गएका विद्यार्थी र मजदुरी गर्न गएका आफ्ना क्षेत्र भित्रका पालिकाहरुमा बसोबास गर्ने २ सय जनालाई शुक्रबार रात्री काठमाण्डौबाट झापा आउनका लागि व्यवस्था मिलाएका हुन् ।

सामाजिक संजालबाट र फोनबाट सम्पर्कमा आएकाले उनीहरुलाई झापा आउन प्रवन्ध मिलाइएको सांसद साँवाले जानकारी दिए । काठमाण्डौबाट घर आउने पैसा नभएर अत्ति अप्ठ्यारोमा परेका, उपचारका लागि अस्पताल गएका पढ्न र मजदुरी गर्न गएकाहरुलाई आफुले अभिभावकको भूमिका निर्वाह गर्दै घर फर्काउने व्यवस्था मिलाएको सांसद साँवाको भनाई छ ।
शिवसताक्षी, कनकाई, गौरादह नगरपालिका, झापा र गौरीगञ्ज गाउँपालिकासँग समन्वयमा सर्वसाधारणलाई घर आउने व्यवस्था मिलाइएको हो । त्यसका लागि उनले ७ वटा गाडिकाे व्यवस्था गरेकाे पनि बताए ।

