adv

प्रधानमन्त्री ओलीको हिटलर प्रवृत्ती भयो, ओली प्रवृत्ती बिदा गरौ – बाबुराम भट्टराई

काठमाडौं, १३ बैशाख ! पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको प्रवृत्तिलाई चिनेर इतिहासबाट छिटो बिदा गर्नुपर्ने बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस सन्देशमार्फत् नेता भट्टराईले ओली प्रवृत्ति भष्मासुर, हिटलर, स्टालिन र चाउचेस्कु प्रवृत्तिको रुपमा चित्रित गरेका छन् । एक लामो फेसबुक सन्देशमा उनले ती चारवटै प्रवृत्तिहरुको व्याख्या पनि गरेका छन् ।

ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं !!

यो भष्मासुर प्रवृत्ति हो : हिन्दू मिथकमा भष्मासुर भन्ने राक्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ । तर उसले पछि ऋषिहरू (कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन् । ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता, सांसद, विपक्षी दल, मिडिया, नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेछ ।

यो हिटलर प्रवृत्ति होस : जर्मन चान्सलर हिट्लरले कथित आर्य नस्लका शुद्ध जर्मन बाहेक यहूदी लगायत अन्य प्रति चरम घृणा र त्यसको जगमा जर्मन अन्धराष्ट्रवादको क्षणिक उन्माद जगाएर सत्ता प्राप्त गर्ने र अन्ततस् दोश्रो विश्वयुद्ध जन्माएर करोडौं मान्छेको ज्यान लिएको इतिहास ताजै छ । नेपालमा पनि ओली प्रवृत्तिले मधेसी लगायतका उत्पीडित जाति र समुदायप्रति चरम घृणा र त्यसको जगमा एकल जातीय अहंकारवाद तथा अन्धराष्ट्रवादको खाँडो जगाएर सत्तामा पुग्ने र अहिले चौतर्फी वितण्डा मच्चाएर देशका सबै लोकतान्त्रिक संस्था ध्वस्त पार्दै र राज्यको अपराधीकरण गर्दै चरम संकटको स्थिति सिर्जना गरिरहेछ ।

यो स्टालिन प्रवृत्ति हो : रूसी बोल्सेभिक क्रान्तिमा लेनिन पछिको अतुलनीय योगदान गरेका स्टालिनले सत्तामा पुगेपछि सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गरेर कम्युनिष्ट पार्टीका सबै विधिविधान र आन्तरिक जनवाद नष्ट गर्दै आफ्ना प्रतिद्वन्द्वी सबैको भौतिक सफाया गरेका थिए र अदूरदर्शी र लहडी आर्थिक नीति ( मुख्यतस् कृषि क्षेत्रमा ) लिएर लाखौं जनता भोकमरीले मर्ने स्थिति ल्याएका थिए । नेपालमा ओली प्रवृत्तिले झापा आन्दोलनमा चौध बर्ष जेल बसेको जस भजाएर पार्टी्भित्रको सत्ता हत्याउने र पार्टी तथा राज्यको सत्ता प्राप्त गरेपछि पार्टी र राज्यका सबै विधि(प्रणाली भत्काएर निरंकुश बन्ने, पार्टी भित्र र वाहिरका विरोधीहरूमाथि विविध ढंगले दमन गर्ने, स्वेच्छाचारी र लहडी पाराले विकासका सपना बाँड्ने तर गलत नीति अवलम्बन गरेर देशमा चरम वेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने,कोरोना संकटको वेला पार्टी फुटाउने खेलमा लागेर चरम गैरजिम्मेदारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ।

यो चाउचेस्कु प्रवृत्ति हो : पूर्वी युरोपेली ‘कम्युनिष्ट’ देश रूमानियाका कम्युनिष्ट पार्टी सुप्रीमो तथा राष्ट्रपति निकोलाइ चाउचेस्कु र उनकी पत्नी तथा उपराष्ट्रपति एलिना चाउचेस्कुले कम्युनिष्ट पार्टी र सर्वहारावर्गको आवरणमा यति धेरै भ्रष्टाचार,विलासिता (उनको दरवार विश्वकै सबभन्दा ठुलो भवन मध्येमा गनिन्छ), फजुलखर्च, स्वेच्छाचारिता,आफन्तरआसेपासेवाद,मनपरीतन्त्र गर्थे र पार्टी नेतारकार्यकर्ता तथा जनता यति निरीह, लाचार,पीडित थिए कि अन्ततस् जनता र पार्टी कार्यकर्ता नै खुला विद्रोहमा उत्रिएर उनीहरूको अन्त्य गर्नुपरेको थियो! नेपालमा ओली प्रवृत्तिले हुर्काएको यति प्रकरणर ओम्नी प्रकरण लगायतका अनगिन्ति भ्रष्टाचार,राष्ट्रपति र प्रधानमन्त्रीको फजुल खर्च र विलासी शैली रढाँटबाँट,आसेपासेको बाक्लो घेरारउ दण्ड शैली, मदन भण्डारी फाउन्डेशन लगायतका अनगिन्ति फाउन्डेशन र एनजीओर आइएनजीओको विशाल तथा अपारदर्शी आर्थिक साम्राज्य एकातिर र अर्को्तिर संवैधानिक लगायत राज्यका अंगहरूको निरीहता,आम पार्टी कार्यकर्ता तथा जनताको दीनहीन अवस्था सबैको सामु छर्लंग छ ।

अति भए पछि खति हुन्छ भनिन्छ । त्यसैले अब छिटो भन्दा छिटो सबै पार्टीहरू,संसद,अदालत,मिडिया,नागरिक अभियन्ता र आम जनताको सक्रियतामा यो कोरोना भाइरस भन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाका निम्ति विदा गरौं ! नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु