झापा, १४ बैशाख । झापाको बाह्रदशीमा एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । यो सँगै सङ्क्रमित संख्या ५२ पुगेको छ ।
झापाका ५० बर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका ति पुरुषमा कोरोना संक्रमण फेला परेको हो । उनी जमातीबाट फर्किएको बुझिएको छ ।

नेपालमा सङ्क्रमित संख्या ५२ पुगेको छ भने निको हुनेको संख्या १६ पुगेको छ ।

