विर्तामाेड । काेराेना भाइरसकाे त्रासका बीच उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियामा रहेका केही विद्यार्थीले समस्यामा परेका नेपाली विद्यार्थीलाई सहयाेग गर्ने अभियान सुरु गरेका छन् ।
अन्तराष्ट्रिय विद्यार्थीहरुकै कारण अष्ट्रेलियाको अर्थतन्त्रमा वार्षिक ३ करोड ७० लाख डलर भन्दा बढीको योगदान हुने गरेकाे भएपनि त्यहाँकाे सरकारले भने संकटकाे याे घडिमा अन्तराष्ट्रिय विद्यार्थीहरुलाई विमुख गरी त्यहाँका नागरिकलाई मात्र लक्षित गरी सम्भावित राहत कोषको घोषणा गरेको छ ।
यस्ताेमा विदेशमा रहेका नेपाली र अन्य देशका विद्यार्थीहरु निकै समस्या भाेगिरहेका छन् ।
तीनै समस्याकाे हलका लागि अष्ट्रेलियाकाे विभिन्न राज्यबाट केही विद्यार्थीहरुकाे नेतृत्वमा तथ्याङ्क संकलन अभियान सुरु भएकाे छ ।
जसअन्तर्गत सिडनीबाट प्रविण बराल, मेल्बोर्नबाट बिकाश क्षेत्री र चन्दन शर्माले नेतृत्व गरिरहेका छन ।
यसैगरि अस्मिता धिताल, बिमल श्रेष्ठ लगायत पनि यतिबेला समस्यामा परेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुकाे तथ्याङ्क संकलन अभियानमा जुटेका छन् ।

अभियानको मुख्य उदेश्य विद्यार्थीबाट तथ्यांक लिएर कस्लाई के समस्या परेको छ भनेर त्यहि समस्याको हल खोज्नु रहेकाे युवा विद्यार्थी विमल श्रेष्ठले जानकारी दिए ।
पछिल्लाे समय अष्ट्रेलियामा रहेकाे नेपाली दूतावासमा करिब १५ सय विद्यार्थीबाट मात्र इमेल गएकाे भन्दै दूतावासप्रति विद्यार्थीमा विश्वास नरहेकाे देखेरै अभियान सुरु गरेकाे बताए ।
आफूहरु ती समस्या लिएर सम्बन्धित निकायमा समन्वय गरेर समस्याको हल खाेज्नेे उनले बताए ।
श्रेष्ठका उनीहरुले एउटा फारम बनाएका छन् । त्यसमा विद्यार्थीले आफ्नाे विवरण भर्नु पर्ने हुन्छ । ती विवरण पूर्ण गाप्य रहने र कतै दूरुपयाेग नहुने पनि उनकाे भनाई छ । खबरमंचबाट

