adv

कोरोनाका कारण पाँचौ‍ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड स्थगित

 

काठमाडौं, १६ वैशाख।  नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको  पाँचौ‍ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ। मंचले  वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन स्पोर्ट्स अवार्ड को आयोजना  तय गरेको थियो ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको लकडाउनका कारणले “वैशाख २१ (विश्व प्रेस स्वतन्त्रता दिवस) दिन पारेर मञ्चले पोखरा सभागृहमा गर्ने गरी पूर्वघोषणा गरिएको पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अर्को मिति घोषणा नहुँदासम्मका लागि स्थगन गरिएको मञ्चका अध्यक्ष एकराज गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मञ्च अध्यक्ष गिरीको मूल संयोजकत्वमा विभिन्न ११ उपसमितिसमेत गठन गरी कार्यक्रमको तयारी शुरु भए पनि कोभिड–१९ प्रभावसँगै लकडाउनले परिस्थिति प्रतिकूल हुन गएकाले अवार्ड वितरण कार्यक्रम स्थगन गरिएको खेलप्रेमी, सङ्घसंस्था, खेलाडी, प्रशिक्षक, पत्रकार एवं शुभचिन्तकहरुमा अनुरोध गरिएको छ।

मञ्चले स्पोर्ट्स अवार्डमा खेलकूद विकासमा योगदान दिने अग्रजलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष र महिला, चर्चित खेलाडी, उदीयमान खेलाडी, प्रशिक्षक, खेल सङ्घ र खेल पत्रकार अवार्ड गरी आठ विधामा अवार्ड वितरण गर्ने गर्दछ। वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिलालाई एक÷एक थान मोटरसाइकल र स्कुटरबाट पुरस्कृत गर्ने गरिएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु