adv

नेपालमा लकडाउनका कारण समस्यामा परेकालाई तमु समाज युकेको सहयोग

काठमाडौं, १८ बैशाख । तमु समाज युकेले नेपालमा लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत उपलव्ध गराउन सहयोग गरेको छ ।

समाजले बिहीबार इन्द्रेणी कार्यक्रमका सन्चालक कृष्ण कडेलको अगुवाईमा जारी राहत वितरण अभियानमा डेढ लाख रूपैंया सहयोग गरेको अध्यक्ष शिवचन्द्र गुरुङले जानकारी दिएका छन् ।

कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनबाट प्रभावित अतिन्यून आय भएका अपाङ्ग, दु:खी, गरिब नेपालीहरुलाई खाद्यन्न वितरण गर्न रकम हस्तान्तरण गरेको हो ।

तमु समाजका तर्फबाट सन्चारकर्मी लाला गुरुङले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु