adv

बेलडाँगी शरणार्थी शिविरमा आगलागी हुँदा १७ लाख बढीको क्षति

झापा, १८ बैशाख । झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरमा गएराती आगलागी हुँदा ४ वटा छाप्रा जलरे नष्ट भएका छन् । आगलागीबाट अन्दाजी १७ लाख ३५ हजार बराबरको क्षति भएको जनाईएको छ

गएराती २ बजेको समयमा शिविरको वी ३ हट नम्बर २६० मा रहेको टिकाराम चापागाँईको छाप्राबाट अचानक आगलागी भई चापागाँईसहित छिमेकी पदम चापागाँई, रुप नारायण दुलाल र हर्क बहादुर सुब्बाको समेत छाप्रा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सो आगलागी प्रहरी, स्थानीयवासी र दमक नगरपालिकाको दमकल समेतको सहयोगमा राती साँढे ३ बजे तिर नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु