ताप्लेजुङ, १८ बैशाख । ताप्लेजुङको फुङ्लिङ नगरपालिकालाई ताप्लेजुङमा रहेका बित्तीय संस्थाहरुले खाद्यान्न सहयोग गरेका छन् ।
फुङ्लिङ नगरपालिका मातहतमा वितरण हुनेगरी लघुवित्त बित्तीय संस्था समन्वय समिति ताप्लेजुङले खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारणजारी लकडाउन प्रभावित भएका विपन्न परिवारलाई वितरण गर्नेगरी पाँचसय किलोग्राम चामल लघुवित्त बित्तीय संस्था समन्वय समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले फुङ्लिङ नगरका प्रमुख छत्रपति प्याकुरेललाई हस्तान्तरण गरे ।

नगरपाकिालका ११ वटै वडामा समस्या परेका परिवारको तथ्याङ्क सङ्कलन भइरहेको र दोस्रो चरणको राहत वितरण कार्यक्रम प्राप्त सहयोगलाई वितरण गरिने नगरप्रमुख प्याकुरेलले बताए ।
ताप्लेजुङमा सञ्चालित ११ वटा लघुवित्त बित्तीय संस्थाहरुमा आवद्ध कर्मचारीहरुमार्फत आर्थिक सङ्कलन गरी सो रकमले खाद्यान्न सामग्री खरिद गरी नगरपालिकालाई उपलब्ध गराएको वित्तीय संस्था समन्वय समितिका अध्यक्ष घिमिरेले जानकारी दिए ।
फुङ्लिङ नगरपालिकाले दुई साताअघि नै १७ हजार ४५५ केजी, दाल दुईहजार २५२ केजी, खाने तेल एकहजार २३९ लिटर, एक हजार २३९ केजी नुन लगायतका राहत सामग्री पहिलो चरणमा वितरण गरेको छ ।

