बिर्तामोड,१८ बैशाख । झापाको बुद्धशान्ति गाउँपालिकाको राहत कोषमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बुद्धशान्तिले बुधबार ६१ हजार रुपैयाँ सहयोग गरेको छ ।
कोरोना भाइरसले गर्दा जारि लकडाउनको समयमा अति बिपन्न नागरिकलाई खाद्यान्न उपलब्ध गराउनका लागि गाउपलिकलाई सहज होस् भनेर सो रकम सहयोग गरेको नेकपा बुद्धशान्ति अध्यक्ष टीका पाठकले बताए ।

नेकपा बुद्धशान्ति अध्यक्ष टीका पाठक, सचिव प्रेम नेम्बाङ लगायतले गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भुर्तेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्र चापागाईंलाई रकम हस्तान्तरण गरेका छन् ।
यसअघि नेकपाबाट बिजयी जनप्रतिनिधिले ३ लाख ११ हजार ४ सय रुपैयाँ बुद्धशान्ति गाउँपालिकालाई बुझाइ सकेको सचिवालय सदस्य धरणी पोखरेलले बताए ।

