adv

धरौटीमा रिहा हुने बित्तिकै पुनः पक्राउ परे व्यवसायी सुलभ अग्रवाल

काठमाडौं,१८ बैशाख । कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाल काठमाण्डौ जिल्ला अदालतबाट धरौटीमा रिहा भएसंगै  फेरि पक्राउ परेका छन्।

अदालतमा २५ लाख ५० हजार धरौटी बुझाएर अदालतको आदेशपछि  रिहा भएलगत्तै बिहीबार उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

‘सम्पत्ति शुद्धीकरण विभागले उहाँलाई छानबिन गर्ने भनेकाले पक्राउ गरिएको हो,’ ज्ञवालीले भने।

जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए।

तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो।

उनलाई कालोबजारी ऐनअन्तर्गत १ वर्षसम्म कैद र सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु