adv

गजल

चिसो चुल्होमा आगो बाल्दै होलिन् मेरी आमा

अगेनामा सिस्नु गुन्द्रुक गाल्दै होलिन् मेरी आमा

 

बिहान बेलुका छाक टार्न धौ -धौ छ अझै पनि

मझेरीमा कनिका चामल चाल्दै होलिन् मेरी आमा

 

सखारै उठी मिर्मिरेमा घामको किरण संगै

भैंसी गोठमा भकारो फाल्दै होलिन् मेरी आमा

 

दमकि रोगी  बुढी आमा घरमा पनि एक्लै

दुहुना भैंसी कसो गरि पाल्दै होलिन् मेरी आमा

 

पिढीमा बसी मनमा के-के कुरा गुन्दै

फाटेको त्यो चौबन्दी टाल्दै होलिन् मेरी आमा

 

~रुद्र अनमोल थेबे ~

      इलाम 

                            

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु