झापा,२५ बैशाख । प्रदेश न १ को बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत रहेका ८ जना निको भएका छन । उनिहरुलाई शुक्रबार डिस्चार्ज गरिने भएको छ । बुधबार मात्र ६ जना निको भएर घर गैसकेका छन।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार भुल्केका १५ जनाको स्वाब परीक्षण गरिएको मध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी ७ जनाको रिपोर्ट पोजिटिभ नै आएको हो । नेगिटिभ रिपोर्ट आउनेमा १ भारतीय, विराटनगर १७ का २ र १ महिलासहित ५ जना भुल्केका छन् ।
कोशी अस्पताल कोरोना उपचार केन्द्रमा जम्मा २५ जना संक्रमित उपचारमा थिए अब १७ जना उपचारारत छन् ।

