काठमाडौं ,२५ बैशाख । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १सय १ पुगेको छ।
बिहीबार कपिलवस्तुका २ पुरूषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

आज थपिएका दुई पुरूषको उमेर १६ र २२ वर्ष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बुधबारमात्रै वीरगन्जमा दुई महिनाका शिशुसहित एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

