adv

दमक खानेपानीमा २ महिनाको महसुलमा २० प्रतिशत छुट

दमक,२५ बैशाख । झापाको दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताहरुललाई दुई महिनाको पानीको महशुलमा २० प्रतिश छुट दिने निर्णय गरिएको ।

 संस्थाका अध्यक्ष रोशनकुमार गौतमका अनुसार आज बसेको बोर्ड बैठकले गत चैत र बैशाख दुई महीनाको खानेपानीको महशुलमा २० प्रतिशत छुट दिने निर्णय गरिएको हो ।
कोरोना भाईरसको सक्रमण देखिएपछि लागू गरिएको लकडाउनको (वन्दाबन्दी) अवस्थालाई मध्यनगर गर्दै खानेपानी संस्थाले उपभोक्तालाई राहत दिन उक्त निर्णय गरेको र जारी वन्दाबन्दी अवधिको महशुल खुलेपछि मात्रै बुझाएमा पनि हर्जना नलाग्ने निर्णय समेत गरिएको उनले बताए ।

खानेपानी बोर्डको यो निर्णयले दमक नगरभित्रका ११ हजार भन्दा धेरै उपभोक्ता लाभान्वित हुनेछन् । त्यसैगरी यो वन्दाबन्दीको अवधिमा पनि उपभोक्ता स्वस्थ पानी पिउनबाट बञ्चित हुन नदिनै खानेपानीमा कुनै समस्या आए तत्काल समाधान गर्ने गरी व्यवस्था मिलाईएको खानेपानी कार्यालयका व्यवस्थापक कृष्ण थापाले वताए ।

त्यस्तै सामाजिक दुरीलाई कायम राखी आगामी आईतबारदेखि खानेपानी कार्यालय पूर्वतः सञ्चालनमा आउने व्यवस्थापक थापाले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु