adv

नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १०९ पुग्यो

काठमाडौ, २७ बैशाख । नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।
आज शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौ र कोशी अस्पताल, बिराटनगरको प्रयोगशालामा गरिएको परिक्षण अनुसार कोरोना पुष्टि भएको हो ।

उदयपुर भुल्के निवासी १८, ४५ र ६५ वर्षीय ३ जना महिलाहरुमा कोरोना देखिएको हो । यता कपिलवस्तुमा १७, १८ र १८ वर्षीय पुरुषहरु रहेका छन् भने पर्सा छपकैया निवासी ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु