
कविध्वज राई, दमक २९ बैशाख । किरात राई विद्यार्थी संघले कक्षा १ देखि संस्कृत भाषा पढाउने सरकारी निर्णय प्रति गम्भीर असहमति सहित आपति जनाएको छ।
विश्व मानब समुदाय कोरोना भाईरसको महामारीले आक्रान्त बनिरहेको र उक्त संक्रमणबाट जोगिन नेपालले लक् डाउनको सामना गरिरहेको विषम परिस्थितिमा षडयन्त्रपुर्बक नेपाल सरकार शिक्षा मन्त्रालय र त्यसै अन्तरगतको पाठ्यक्रम विकास केन्द्रले यहि शैक्षिक सत्र देखि कक्षा १ देखि संस्कृत विषयको पढाई सुरु गर्ने तयारि गरेको भन्दै किरात राई बिधार्थी संघले आपति जनाएको हो।
संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राई द्वारा आईतबार जारि विज्ञप्ति मार्फत नेपालका आदिवासी जनजाति लगायत अन्य रैथाने र मातृभाषी समुदायहरुको भाषालाई बेवास्ता गर्दै केवल संस्कृत भाषालाई मात्र प्राथमिकतामा राखेर कक्षा १ देखि पठन पाठन गर्ने सरकारको निर्णय अन्यायपूर्ण,विभेदकारी,एकल जातीय र नश्लवादी भएको भन्दै संघले उक्त निर्णयको विरोध गरेको हो। ‘
नेपालको संविधान, मौजुदा कानून र परिवर्तनको बर्खिलाप हुनेगरी शिक्षा मन्त्रालय र त्यसअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले सरकारी तहबाटै एकपटक खारेज भैसकेको मृत तुल्य संस्कृत विषयलाई मात्रै काखी च्यापेर ब्यबहारिक र दैनिक चलन चल्तीको रुपमा बिध्यमान रहेको नेपालका अन्य मातृभाषाहरूलाई बेवास्ता गर्दै कक्षा १ देखि ऐच्छिक विषयको रुपमा पठनपाठन गर्ने गराउने, अन्य भाषिक विद्यार्थीहरूमाथि जबर्जस्ती लाद्ने र एकल जातीय–नश्लीय–भाषिक पक्षपोषण गर्ने गराउने सरकारी कदमप्रति किरात राई बिधार्थी संघ गम्भीर असहमति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारको विभेदकारी र अन्यायपूर्ण कार्य नरोकिए सम्पूर्ण किरात राई बिधार्थीहरुको साझा,स्वतन्त्र एवं गौरवशाली संगठन किरात राई बिधार्थी संघ कडा आन्दोलन गर्न बाध्य हुने स्मरण गराउदै यसबाट उत्पन्न हुने सबै खाले परिस्थितिको जिम्मेवार नेपाल सरकार र सम्बन्धित निकायनै हुनु पर्ने समेत उक्त विज्ञप्ति मार्फत संघले स्पस्ट पारेको जनाएको छ।
साथै स्वास्थ्य सुरक्षाको सबै उपायहरु अवलम्बन गरि कोरोना भाइरसबाट सबै सुरक्षित रहन र कोरोना भाइरस बिरुद्द सबै एक जुट हुन समेत संघले अपिल गरेको छ ।
प्रेस विज्ञप्ती
विश्व मानब समुदाय अहिले कोरोना भाईरस ( COVID-19 ) को महामारीले आक्रान्त बनेको छ। उक्त संक्रमणबाट जोगिन नेपालमा लकडाउन जारि छ। यस्तो महामारी जन्य विषम परिस्थितिको सामना गरिरहेको बखत अत्यन्तै षडयन्त्र पुर्बक नेपाल सरकार शिक्षा मन्त्रालयले यहि शैक्षिक सत्र देखि विधालय तहमा कक्षा १ देखि संस्कृत भाषाको पढाई सुरु गर्न तयारि गरिरहेको समाचार विभिन्न संचार माध्यम र सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ। सरकारको यस खाले बिभेदकारी र अन्यायपूर्ण नीति र कार्य प्रति सम्पूर्ण किरात राई विधार्थीहरुको साझा,स्वतन्त्र एवम गौरवशाली संगठन किरात राई बिधार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ।
नेपालको संबिधान, मौजुदा कानुन र परिबर्तनको बर्खिलाप हुने गरि शिक्षा मन्त्रालय र त्यस अन्तरगतको पाठ्यक्रम विकास केन्द्रले सरकारी तहबाटै एक पटक खारेज भैसकेको मृततुल्य संस्कृत विषयलाई मात्रै काखी च्यापेर ब्यबहारिक र दैनिक चलन चलनचल्तीको रुपमा बिधमान रहेको नेपालको अन्य मातृ भाषाहरुलाई बेवास्ता गर्दै कक्षा १ देखि ऐच्छिक विषयको रुपमा उक्त संस्कृत भाषालाई मात्रै पठन पाठन गर्ने गराउने, अन्य भाषीक विधार्थीहरुमाथि जबरजस्ती लाद्ने र एकल जातीय, नश्लीय भाषिक पक्षपोषण गर्ने गराउने कदम प्रति किरात राई विधार्थी संघ गम्भीर असहमति प्रकट गर्दछ। नेपालमा बोलिने सबै मातृ तथा रैथाने भाषाहरुमा पठन पाठन गर्न गराउन पाउनु नेपालको संबिधान, नेपाल सरकारले अनुमोदन गरेको कानुन र नेपाल सरकार पक्ष राष्ट्र भएर अनुमोदन गरेको बिभिन्न अन्तराष्ट्रिय कानुनि दस्ताबेजहरुले प्रत्याभूत गरेको भाषिक मानव अधिकारको सवाल हो।
एउटा मात्र भाषालाई राज्यकोषको करोडौ रुपैया खर्चेर पक्षपोषण गर्नु र अन्य भाषाहरुलाई बेवास्ता गर्नु न्याय संगत हुन सक्दैन। तसर्थ नेपालको संबिधान,आदिबासीहरुको अधिकार सम्बन्धि अन्तराष्ट्रिय श्रम संगठन महासन्धि न.१६९, संयुक्त राष्ट्रसंघिय घोषणा पत्र-२००७, शिक्षा ऐन २०२८ ( संसोधित-२०७५ ) को मर्म र भावना अनुरुप नेपालमा बोलिने सबै रैथाने र मातृभाषाहरुको समेत पाठ्यक्रम, पाठ्यपुस्तक तयार गर्न गराउन र पठनपाठनको ब्यबस्था गर्न गराउन संघिय सरकार, प्रदेश सरकार र सबै स्थानीय सरकार समक्ष हामि जोडदार माग गर्दछौ। ने
पालको संघीय लोकतान्त्रिक गणतान्त्रात्मक राज्य व्यवस्थामा एउटा अमुक भाषालाई मात्रै पक्षपोषण गर्ने गराउने नेपाल सरकारको विभेदकारी र अन्यायपूर्ण कार्य नरोकिए हामि सबै मातृभाषीहरु कडा आन्दोलन गर्न बाध्य हुने स्मरण गराउदै यसबाट उत्पन्न हुने सबै खाले परिस्थितिको जिम्मेवार नेपाल सरकार र सम्बन्धित निकायनै हुनु पर्ने समेत स्पस्ट पार्न चाहान्छौ। अन्त्यमा स्वास्थ्य सुरक्षाको सबै उपायहरु अवलम्बन गरि कोरोना भाइरसबाट सबै सुरक्षित रहन हुन र कोरोना भाइरस बिरुद्द सबै एक जुट हुन हार्दिक अपिल समेत गर्दछौ।
सेवा ! जय किरात !!
रामचन्द्र राई
अध्यक्ष

