adv

नेपालमा कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या ३३

काठमाडौँ,२९ बैशाख । नेपालमा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या ३३ पुगेको छ । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेहरुमा भोजपुरका १८ औं दिनमा २६ वर्षिय पुरुष  र १५ दिनमा झापाका ४८ वर्षिय पुरुष रहेका छन् ।

यस्तै पछिल्लो चौबीस घन्टामा २ हजार ७ सय ९९ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म पिसिआरबाट १७ हजार ८ सय ९ जनाको परीक्षण गरिएको छ भने आरडिटी विधिबाट ५८ हजार ५ सय ४६ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

यस्तै हाल देशभर १२ हजार ७ सय १ जना क्वारेन्टाइनमा रहेको र आइसोलेसनमा भने कुल १५३ जना रहेको उनले जानकारी दिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु