
झापा,२९ बैशाख । पुर्व राष्ट्रिय फुटबल खेलाडी रन्जित श्रेष्ठले आफुलाई लाई कोरोना भाइरसको संक्रमण भएको बताएका छन् । उनले आफ्नो फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको भिडियो सार्बजानिक गर्दै यस्तो जानकारी गराएका छन्
वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले भनेका छन्, ‘मलाई कोरोनाको पोजेटिभ छ । हाल सेल्फ आइसोलेसनमा रहेको तर खासै त्यस्तो केही जस्तो त भएको छ्र्रैन । तातोपानी खान्छु व्यालेन्स डाइटमा बसिरहेको छु ।’

अहिले आफनो अवस्था सामान्य रहेको र कोरोना भाइरसका कारण आतिनुपर्ने केही नभएपनि कहिलेकाहीं सुख्खा खोकी लाग्ने गरे पनि हाल खाना खाने र जगिङ गर्ने गरेको उनले सुनाए । उनले आफ्ना शुभचिन्तकहरुलाई नआत्तिन समेत भनेका छन् ।
उनले आफ्नो पहिलो परीक्षणमा पोजेटिभ देखिएको र दोस्रो परीक्षणमा आउने नतिजा बारे जानकारी गराउने बताए ।

झापा स्थायी घर भएका रञ्जित अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीको दोश्रो ब्याचका उत्पादन हुन् । नेपाली टोलीमा रहेका रञ्जित राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासका समकालिन हुन् ।
नेपाली यू १६ का पूर्व कप्तान समेत रहेका उनले नेपाली राष्ट्रिय टिमबाट मर्डेका कप, सन २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिप र ११ औ दक्षिण एसियाली खेलकुद (साग ) गेम खेलेका हुन् । घरेलु फुटबलमा उनले संकटा क्लब, न्युरोड टिम (एनआरटी), थ्रीस्टार, फ्रेन्डस क्लब र झापा–११ बाट खेलेका थिए।

