काठमाडौं, १ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो ।
सर्लाही धान्काैल नगरपालिका निवासी ४५ वर्षीय पुरूष, धनुषा जनकपुर नगरपालिका ४० वर्षीय पुरूष, मिथिला नगरपालिका निवासी २० वर्षीय महिला, महाेत्तरी जलेश्वर नगरपालिका निवासी १६ वर्षीय पुरूष र बलबा नगरपालिका निवासी ३५ वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार बिहान ६ः१५ बजे जारी गरेकाे सुचनामा थप २ जनामा काेराेना देखिएकाे थियाे । कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बिहिबार मात्र ७ जनामा काेराेना देखिएकाे हाे ।

