adv

बिराट किरातीका तीन छोक ! स्वार्थ, स्त्री र आगो अनि मुर्कुटाहरू

स्त्री र आगो
यो बुझ्नु
स्त्री नै आगो हो ।

राप÷ताप
दुबैको समान हुन्छ,
मात्र चल्न÷चलाउन जान्नुपर्छ ।

नजिक भए पोल्छ
टाढा भए छोड्छ
अर्थात्
चिसोले सताउँछ ।

आगो सौन्दर्य हो
आगो विद्रोह हो
आगो सभ्यता हो
समग्रमा आगो जीवन हो ।

हो, त्यसैले म
यो सृष्टिको सुन्दर सृजना
आंगो मन पराउँछु ।

 

मुर्कुटाहरु
साँझदेखि शुरु भएर
मध्य रातसम्म खेल्ने
मुर्कुटाहरु
बिहान हुन नपाउँदै
बिलाउँछन्
भाग्छन्
लुक्छन्
लुक्छन्
र, फेरि साँझको आशामा
तर्साउनको लागि कुरेर बस्छन् ।

गौडामा
चौबाटोमा
सडकमा
सदनमा ।

टाउँको हुँदा हुँदै पनि
हराम
मुर्कुटाहरु ।

स्वार्थ
म रोएको साँझ
तिमीले धेरैसँग हासीमजाक÷ख्यालठट्टा गर्यो रे

तर,
तिमी रुदा
म पनि रोएको थे–एकान्तमा ।

हामीबीच यही त भिन्नता रहेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु