adv

लकडाउन थप्ने सरकारको तयारी

काठमाडौं ,२ जेष्ठ  ।सरकारले जारी गरेको लकडाउन जेठ ५ गते सकिन्दै गर्दा फेरी लकडाउन थप्ने तयारी गरेको छ।

शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकमा सो विषयमा छलफल भएको हो।

लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल गर्न विशेषज्ञहरूलाई बोलाइएको थियो। सो छलफलमा विशेषज्ञहरूले लकडाउन थप गर्न सुझाव दिएका बैठकमा उपस्थित एक मन्त्रीले बताए।

‘अहिलेको अवस्थामा महामारी बढ्ने क्रम जारीनै रहेको बेला लकडाउन थप गर्न सबैले सुझाव दिएका छन्’,ती मन्त्रीले भने।

ती सुझावलाई भोलि बस्ने समितिको बैठकमा छलफल गरिने र मन्त्रिपरिषद् बैठकमा पेश गरिने ती मन्त्रीले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु