adv

झापामा लकडाउन ब्यबस्थित गर्न जोर बिजोर प्रणाली मार्फत पसल सञ्चालन गरिने

झापा,४ जेष्ठ  । झापामा जारी लकडाउनलाई थप ब्यवस्थीत गर्न आजदेखि जोर बिजोर प्रणाली मार्फत पसल सञ्चालन गरिने भएको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरसहितको उपस्थितिमा शनिबार बसेको बैठकबाट सो निर्णय गरिएको हो ।

बिहान ८ देखि दिउँसो १२ बजेसम्म पसलहरू खोल्ने निर्णय यथावत राखिएको छ । अबदेखि जोर गतेका दिन खाद्यान्न पसल र बिजोर गतेका दिन गैर खाद्यान्न पसल खोल्न पाइने भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए  ।

उनका अनुसार यो प्रणाली कृषिजन्य, भेटेरीनरी पसल र औषधिमा भने लागु नहुने निर्णय भएको छ । ती पसलहरू दैनिक ४ घण्टा नियमित सञ्चालन गर्न पाइने छ  ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु