काठमाडौं,४ जेष्ठ । भारतमा लकडाउन जेष्ठ १८ अर्थात मे ३१ सम्म थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने घोषणा यसअघि गरिसकेका छन्। भारतमा गत चैत १२ गतेदेखि निरन्तर लकडाउन चलिरहेको छ।
भारतमा हालसम्म संक्रमितको संख्या ९१ हजारभन्दा बढी पुगिसकेको छ भने २ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

