काठमाडौं,४ जेष्ठ । नेपालमा कोरोनका कारण थप एकजनाको मृत्यु भएको छ ।
बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।
यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।

