झापा,४ जेष्ठ । नेपालमा आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन्।
जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी ३४ वर्षीया नर्समा संक्रमण पुष्टि भएको हो । र बाँकी दुईजना संक्रमित भने विराटनगर निवासी २९ बर्षीय महिला र ३६ बर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ। जसमा दुईजनाको मृत्यु भएको छ। आइतबार मात्रै बाँकेका २५ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टी भएको थियो।

