adv

नेपालमा लकडाउन जेठ २० सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौँ ,४ जेष्ठ । नेपालमा जारी रहेको लकडाउनलाई सरकारले जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय सन्वयन समितिको सिफारिसका आधारमा जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको र संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा रोकथामको उपयुक्त विल्कप लकडाउन नै नभएको निष्कर्ष निकाल्दै सरकारले चैत ११ गतेदेखि जारी गरेको लक डाउन थप गर्ने निर्णय गरेको हो।

उच्चस्तरीय समन्वय समितिको बैठकमा लक डाउनबारे गम्भीर रुपमा समीक्षा भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लक डाउनका कारण संभावित संक्रमणलाई नियन्त्रणका राख्न धेरै सफल भएको र आँकलन नै गर्न नसक्ने अवस्था आउन नपाएको बताएका थिए।

सरकारले समितिले प्रदेश र स्थानीयतहका क्वारेन्टाइलाई व्यवस्थित गर्ने र त्यसका लागि अवाश्यक पैसा पठाउने, सुरक्षा सुरक्षा व्यवस्था अझ प्रभावकारी बनाउने निर्णय पनिगरेको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन आइतबार  ५५ औं दिन पुगेको छ । उता भारतले जेठ १८ गतेसम्मका लागि लक डाउन घोषणा भएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु