adv

झापाका १ जनामा कोरोना पुष्टि

झापा, ५ जेष्ठ । झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित कचनकवल गाउँपालिका ६ का २३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईले बताए ।

उनका अनुसार ति पुरुष भारतमा रेल खुलेपछि नेपाल आएका हुन् । उनमा केही दिनअघि आरडीटी पोजिटिभ देखिएपछि पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको थियो ।

यसघि झापामा  दमक नगरपालिका र वाह्रदशी गाउँपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । एकजना उपचार पछी निको भएका छन् ।

 यो संगै अहिले सम्म झापामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ  । भने प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु