adv

नेपालमा थप २५ जनामा काेराेना पुष्टि, संक्रमित संख्या ४२७ पुग्याे

काठमाडौं, ७ जेष्ठ । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार बाँके, धनकुटा र कपिलवस्तुमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा काेराेना संक्रमित संख्या ४ सय २७ पुगेकाे छ ।

३ देखि ४८ वर्ष सम्मका व्यक्तिहरूमा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । थप संक्रमितहरूमा ७ जना महिला र १८ जना पुरूष रहेका छन् ।

बाँकेमा १७, २०, २८, ३०, र ४० वर्षका ५ जना नरैनापुर ४ र खजुरा ५ का २७ वर्षीय पुरूषहरू रहेका छन । धनकुटामा ५ जना संक्रमित देखिएकाे छ । जसमा २८, २९, ३५ र ३७ वर्षीय पुरूषहरू छन् भने २४ वर्षीय महिला रहेका छन् ।

कपिलवस्तुमा १३ जना संक्रमितहरू रहेका छन् । जसमा ३ जना २२, ३५ र ४८ वर्षीय पुरूषहरू विजयनगर क्वारेन्टिनमा रहेका छन् । महाराजगञ्ज गाउँपालिकामा ३, ४, ६ वर्षीय बालबालिका साथै १६, २५ र ३२ महिला रहेका छन् भने १२ वर्षीय बालक र २०, २४, ३४ वर्षीय पुरूषहरू कपिलवस्तुमा  रहेका छन् । नवलपरासी सुस्ता गाउँपालिका ५ का २६ वर्षीय पुरूष रहेकाे छ ।

संक्रमित ४ सय २७ जनामा ३५८ जना पुरूष रहेका छन् भने ६९ जना महिला रहेकाे मन्त्रालयले जनाएकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु