adv

नयाँ २५ जनामा कोरोना पुष्टि संगै नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौँ,७ जेष्ठ  । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ मा पुष्टि भएको जनाएको हो । उनीहरुको उमेर ३ देखि ४८ वर्ष उमेरको रहेको छ । जसमा १८ जना पुरुष र ७ जना महिला छन् ।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा धनकुटाका ५ जना (२८, २९, ३५र ३७ ) र एक जना २४ वर्षीय महिला रहेको बताएका छन् ।

त्यसैगरी बाँकेमा ६ जना पुरुष ( नरैनापुरका १७, २०, २८ र ३० वर्ष)का र खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । त्यसका साथै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप १ जनामा संक्रमण देखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने  २ जनाको मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु