काठमाडौं ,७ जेष्ठ । नेपालमा थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ । पुष्टि हुनेमा झापाको केचनाका ५, धनकुटाका एक र धरानका जनामा संक्रमण पुष्टि रहेका छन् ।
प्रदेश १ झापा को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो। भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ।

धरानमा पहिलोपटक एकजनामा संक्रमण पुष्टि भएको हो । धनकुटामा संक्रमितको संख्या सात पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ६६ पुगेको छ । झापामा संक्रमित १७ जना पुगेका छन् ।
हालसम्म कुल संक्रमितको संख्या ४३४ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ४५ छ।

