adv

झापाका पत्रकारको कोरोना परीक्षण आज बुधबारदेखि सुरु

भूमिका सुब्बा, विर्तामाेड, ७ जेष्ठ । झापाका पत्रकारहरुको काेराेना भाइरस परिक्षण सुरू गरिएकाे छ ।

बुधबार नेपाल पत्रकार महासंघकाे कार्यालयमा पत्रकारहरुको कोरोना जाँचका लागि थ्रोट स्वाव (घाँटीको र्याल) संकलन गरिएको हाे । पीसीआर विधिबाट कोरोना जाँच गरिने जनाएकाे छ ।

नेपाल पत्रकार महासंघ झापाको पहलमा सामाजिक विकास मन्त्रालयले पत्रकारहरूकाे काेराेना परिक्षण गर्न स्वाव संकलन गरिएकाे छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका स्वास्थ्यकर्मीहरूकाे प्राविधिक सहयोगमा पहिलो चरणमा २५ जनासम्मको स्वाव संकलन गरिएकाे महासंघका अध्यक्ष तारामणि सापकोटाले बताए ।

दिउँसो अढाई बजेतिर महासंघका पूर्व अध्यक्ष एवम् नेपाल टेलिभिजनका झापा सम्बाददाता भीम नेम्वाङबाट पहिलो स्वाव संकलन गरिएको थियो ।

फाेटाेः न्यूजसञ्जाल

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु