adv

जेठ मसान्तसम्म आन्तरिक तथा वाह्य हवाइ उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, ७,जेष्ठ ।  सरकारले आन्तरिक तथा वाह्य हवाइ उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने गरिएको हो।

बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो। साथै सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

यसअघि जेठ १८ सम्म उडान तथा सीमा नाका बन्द गर्ने निर्णय भएको थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु