adv

यूनियनद्धारा पत्रकारहरुको एक लाखको ‘कोरोना वीमा’

 

दमक, ८ जेठ । नेपाल प्रेस यूनियनले झापा जिल्लाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको कोरोना वीमा निशुल्क गरिदिने भएको छ ।

यूनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले यस क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघमा आवद्ध तथा अन्य सक्रिय पत्रकार गरि दुई दर्जन बढी पत्रकारहरुको रु १ लाख रुपैया सम्मको निशुल्क कोरोना वीमा गरिदिने भएको अध्यक्ष विष्णु सुब्बाले बताए । उनका अनुसार वीमाका लागि दमकका सामाजिक तथा राजनीतिक व्यक्तित्व प्रकाश प्रसाईले सहयोग पुरयाँउने भएका हुन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले देशसहित पत्रकारहरुमा समेत संक्रमण बढ्दै गएकाले उनीहरुको स्वास्थ्य सुरक्षामा सघाँउ पुरयाँउन बीमाको व्यवस्था गर्न लागिएको उनले बताए ।

जोखिमका बाबजुद पनि सूचना प्रेषण गर्न अहोरात्र खटिआएका श्रमजीवि पत्रकारहरुको स्वास्थ्य सुरक्षा प्रति यूनियन चिन्तित भएकाले वीमा कार्यक्रम ल्याएको उनले वताए । विना भेदभाव क्रियाशीलका आधारमा निश्चित पत्रकारहरुको बिमा गरिने उनले जनाए ।

बीमाको नियमअनुसार विमीतलाई एकवर्ष भित्रमा कोरोना संक्रमण देखिए इन्स्योरेन्सले उपचार खर्च वापत रु १ लाख दिने छन् ।

जिल्लामा पहिलोपटक यूनियनले यस क्षेत्रका क्रियाशील पत्रकारहरुका लागि बीमा कार्यक्रम सञ्चालनमा ल्याईएको यूनियनका जिल्ला उपाध्यक्ष गिरीराज भट्टराईले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु