adv
adv

नेपालमा काेराेनाका कारण थप एक जनाकाे मृत्यु, मृतक संख्या ३ पुग्याे

काठमाडौं, ८ जेष्ठ । कोरोना भाइरसको संक्रमणबाट गुल्मीका एक व्यक्तिको मृत्यु भएको छ । गुल्मी पुर्कोटका ती व्यक्तिको रुपन्देहीको मणिग्राममा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रदेश पाँचका सामाजिक विकासमन्त्री सुदर्शन बरालले संक्रमितको मृत्यु भएको पुष्टि गरेका छन् । ती व्यक्तिको केहीदिनदेखि क्रिमसन अस्पतालमा उपचार भइरहेको थियो ।

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् ।  शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले श्रद्धाञ्जली पत्र जारी गरी साे कुरा बताएकाे हाे ।

वैशाख ३१ गते ती व्यक्तिको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । स्थानीय स्वास्थ्य संस्था हुँदै उनी अर्घाखाँचीको एक क्लिनिकमा उपचारका लागि पुगेका थिए । त्यहाँ पनि उपचार हुन नसकेपछि उनलाई जेठ १ गते क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा भर्ना गरिएको थियो ।

अस्पतालले अवस्था गम्भीर भएपछि सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो । जेठ २ गते पिसिआर टेष्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु